close

बैंक तथा वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दिनसक्ने

टेकपाना टेकपाना

जेठ ४, २०७८ २०:१५

बैंक तथा वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दिनसक्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रकम राष्ट्रिय आविष्कारको क्षेत्रमा खर्च गर्न पाउने भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले राष्ट्रिय आविष्कार केन्द्र तथा मानव सेवाको क्षेत्रमा कोषको रकम खर्च गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत छुट्याएको कोषको रकमबाट जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिने गरी योगदान दिन सक्नेछन् ।

देशभर जुनसुकै स्थानका लागि बैंक तथा वित्तीय संस्थाले यस किसिमका शीर्षकमा आफ्नो उक्त रकम खर्च गर्न सक्नेछन् ।

हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्नसक्ने व्यवस्था मिलाइने प्रतिवेदनमा उल्लेख छ ।

यसका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने केन्द्री बैंकले जनाएको छ । जसअनुसार राष्ट्रिय महत्वका आविष्षकार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१