close

एनसेलको वेबसाइटबाट प्याक लिँदा २ जीबीसम्म बोनस डेटा

टेकपाना टेकपाना

जेठ ११, २०७८ १८:१

एनसेलको वेबसाइटबाट प्याक लिँदा २ जीबीसम्म बोनस डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवा लिन सक्छन् ।

यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ । ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्य अनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य रहेकाे कम्पनीले जनाएकाे छ ।

यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशतसम्म थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको छन् ।

कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्छन् । विषेश अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् ।

बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागू रहेको छ भने ट्रिपल मज्जा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ ।

त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन् ।

कोरोना महामारीले गर्दा घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ । ग्राहकले हाल सञ्चालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्छन् ।

यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ ल्याइएकाे कम्पनीले बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१