close

जेठ मसान्तसम्म अनलाइनबाट स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिन सकिने

टेकपाना टेकपाना

जेठ १४, २०७८ १९:२१

जेठ मसान्तसम्म अनलाइनबाट स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ मसान्तसम्म स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिने समय थप गरेको छ । शुक्रबार त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै समय थप गरेको जानकारी दिएको हो ।

हाल मुलुकका अधिकांश स्थानहरूमा बन्दाबन्दी गरिएकाले परीक्षार्थी तथा क्याम्प्सहरूलाई परीक्षा आवेदन फारम भर्न/भराउन कठिनाइ भएको अवस्थालाई मध्यजनर गर्दै जेठ मसान्तसम्म म्याद थप गरिएको पनिकाले जनाएको छ ।

यसअघि जेठ २० गतेसम्म आवेदन बुझाउने म्याद तोकिएको थियो । पनिकाको वेबसाइटमा गई त्यहाँ दिइएकाे ‘अनलाइन फर्म’ मा क्लिक गरी प्राप्त निर्देशन अनुसार स्नातक प्रथम वर्षकाे परीक्षाका लागि फारम भर्न सक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१