close

आईओईले मास्टर्समा ल्यायो नेटवर्क तथा साइबर सेक्युरिटी कोर्स, कति लाग्छ शुल्क ?

टेकपाना टेकपाना

फागुन ११, २०८० १२:२

आईओईले मास्टर्समा ल्यायो नेटवर्क तथा साइबर सेक्युरिटी कोर्स, कति लाग्छ शुल्क ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातकोत्तर तहमा नयाँ कोर्स पढाउने भएको छ । आईओईले यसै सत्र शैक्षिक सत्र २०८०/८१ बाट ‘एमएससी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी’ सञ्चालन गर्न लागेको हो ।

यसअघि कोर्स सञ्चालन गर्ने सन्दर्भमा आईओईले इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख तथा सहप्राध्यापक डा. ज्योति तण्डुकारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।

देशको आवश्यकता र विश्वमा बढ्दै गरेको साइबर सुरक्षा प्रतिरक्षा प्रणाली विकासमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न यस कोर्सले भूमिका खेल्ने आईओईले जनाएको छ ।

यस कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीले स्नातक तहमा इलेक्ट्रोनिक्स/कम्प्युटर/सफ्टवेयर/इन्फर्मेसन टेक्नोलोजी इन्जिनियरिङ वा सो सरहको विषय अध्ययन गरेको हुनुपर्ने छ ।

यस कार्यक्रमको शुल्क करिब ५९ हजार रुपैयाँ प्रति सेमेस्टर रहेको छ । कोर्स भने पुल्चोक क्याम्पस, ललितपुरमा मात्र पढाइ हुनेछ ।

आईओईले यसअघि नै स्नातकोत्तर तहको भर्ना खुला गरिसकेको छ । जसअनुसार इच्छुक विद्यार्थीले ६ फागुनदेखि २० फागुनसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

भर्ना र कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १२:१५