close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र जोर्डनको फुटबल म्याच

टेकपाना टेकपाना

जेठ २४, २०७८ २१:३०

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र जोर्डनको फुटबल म्याच

काठमाडौं । आज राति ९ः४५ मा नेपाल र जाेर्डनकाे राष्ट्रिय फुटबल टिमबीच फुटबल म्याच हुँदै छ । कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुने यो म्याच अनलाइनमा कसरी हेर्ने ? आज हामी तपाईंलाई यसको सजिलो उपाय बताउँदै छौं ।

यसका लागि सुरुमा तपाईंले नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर नेटटिभीको एप डाउनलोड गर्नुहोस् । साथै तपाईंले यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । वेबसाइटबाट जाँदा माथि आवर प्लेटफर्म लेखिएको स्थानमा जानुहोस् र वेब टिभी छान्नुहोस् ।

अब फेसबुक वा जिमेलबाट नेटटिभी लगईन गर्नुहोस् । लगईन भइसकेपछि लाइभ टिभीमा गएर कान्तिपुर टेलिभिजन छनौट गर्नुहोस् । अब तपाईंले आफ्नो मोबाइल वा कम्प्युटरबाटै नेपाल र जाेर्डनबीचको फुटबल लाइभ हेर्न सक्नुहुन्छ ।

यस बाहेक यहाँ क्लिक गरेर कान्तिपुर टेलिभिजनको वेबसाइटबाट र मोबाइल एपबाट समेत यो लाइभ प्रसारण हेर्न सक्नुहुन्छ । कान्तिपुर टेलिभिजनको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१