close

यी ठाउँमा उपलब्ध छ सीजीको इन्टरनेट

टेकपाना टेकपाना

जेठ २५, २०७८ ८:४०

यी ठाउँमा उपलब्ध छ सीजीको इन्टरनेट

काठमाडौं । सीजी कम्युनिकेसन्सले गत सातादेखि इन्टरनेट सेवा ‘सीजी नेट’ ल्याएकाे छ । हाल काठमाडाैं उपत्यकाका सीमित ठाउँमा यसकाे सेवा उपलब्ध छ ।

कम्पनीका अनुसार हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङराेड) र पुल्चाेकका बासिन्दाले इन्टरनेट सेवा लिन सक्छन् । उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार केही दिनमा कुपण्डाेल र कुलेश्वरमा पनि इन्टरनेट विस्तार गरिनेछ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

सम्बन्धित समाचार : सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१