close

फेसबुक अकाउन्ट बिनै यसरी प्रयोग गर्नुहोस् म्यासेन्जर

टेकपाना टेकपाना

जेठ २८, २०७८ १६:५८

फेसबुक अकाउन्ट बिनै यसरी प्रयोग गर्नुहोस् म्यासेन्जर

काठमाडौं । तपाईंलाई यो कुरा थाहा नहुन सक्छ कि कुनै समय फेसबुकले म्यासेन्जर फेसबुक अकाउन्टबिना पनि प्रयोग गर्न सकिने बनाएको थियो । फेसबुकले यो फिचर सन् २०१५ मै प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । जसका लागि तपाईंसँगै आवश्यक पर्ने भनेको एउटा मोबाइल नम्बरमात्रै थियो ।

तर, उक्त फिचर हाल उपलब्ध छैन । यसको उद्देश्य फेसबुकले आफ्नो सबै प्रयोगकर्तालाई आफ्नो सामाजिक सञ्जालमा सक्रिय बनाउनु हो । यसको अर्थ अब फेसबुकबिना म्यासेन्जर प्रयोग गर्न सकिँदैन भन्ने चाहिँ हाेइन । आधिकारिक रुपमा यो फिचर प्रयोग गर्न नसकिएता पनि यसको उपाय भने छ ।

त्यसका लागि यहाँ हामी तपाईंलाई सहज उपाय सिकाउँदै छौं, जसलाई अपनाएर तपाईंले बिना फेसबुक पनि म्यासेन्जर प्रयोग गर्न सक्नुहुनेछ ।

बिना फेसबुक अकाउन्ट, म्यासेन्जर प्रयोग गर्ने तरिका

यो प्रक्रिया सुरु गर्नुअघि तपाईंलाई एउटा जनाकारी हुन आवश्यक छ । त्यो हो, तपाईंले केही घण्टाका लागि भएतापनि फेसबुक अकाउन्ट भने बनाउनुपर्ने हुन्छ । बरु तपार्ईंले त्यसलाई पछि डिएक्टिभेट गर्न सक्नुहुनेछ ।

  • त्यसका लागि सुरुमा फेसबुक अकाउन्ट बनाउनुहोस् । फेसबुक अकाउन्ट बनाउनका लागि फेसबुक खोली ‘क्रियट न्यु अकाउण्ट’ मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ मागिएका आवश्यक सम्पूर्ण जानकारी हाली अन्त्यमा रहेको ‘साइनअप’ मा क्लिक गर्नुहोस् ।
  • अब तपाईंको मोबाइल नम्बर अथवा ईंमेल कन्फर्म गर्नुहोस् ।
  • यी सबै प्रक्रिया तपाईंले मोबाइलमा फेसबुक एपमार्फत पनि गर्न सक्नुहुनेछ ।
अब म्यासेजमा एक्सेस बनाउन :
  • फेसबुक म्यासेन्जर मोबाइलमा इन्स्टल गर्नुहोस र त्यसलाई खोल्नुहोस् ।
  • अब त्यसमा साइन इन गर्नुहोस् । साइन इन गर्दा स्वत: तपाईंले अघि बनाउनुभएको फेसबुक अकाउण्टमा म्यासेन्टर लगइन हुनेछ ।

यति गरेसँगै अब फेसबुक म्यासेन्जर चल्न थाल्छ । अब तपाईंले फेसबुक अकाउन्टलाई डिएक्टिभेट गर्न सक्नुहुनेछ ।

फेसबुक डिएक्टिभेट गर्ने तरिका
  • फेसबुक लगइन गर्नुहोस् ।
  • फेसबुकको दाँया साइडमा माथि दिइएको तीनओटा धर्को वाला अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ ‘सेटिङ एण्ड प्राइभेसी’ मा क्लिक गर्नुहोस् ।
  • त्यसभित्र रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ बाँया साइडमा रहेको विकल्पमध्ये ‘योर फेसबुक इन्फरमेसन’ लाई छनोट गर्नुहोस् ।
  • त्यहाँ क्लिक गरेसँगै त्यसभित्र केही तल तपाईंले ‘डिएक्टिभेट एण्ड डिलिट’ भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरी त्यहाँ रहेको ‘डिएक्टिभेट अकाउण्ट’ मा क्लिक गर्नुहोस् ।
  • अब ‘कन्टिन्यु टु अकाउण्ट डिएक्टिभेसन’ मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै तपाईंको फेसबुक डिएक्टिभेट हुनेछ । तर, तपाईंको फेसबुक म्यासेन्जर भने निरन्तर चलिरहने छ ।

एन्ड्राेइड अथाेरिटीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१