close

बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसान, अन्तरिक्षबाट समेत देखिन्छ उनको खेत

टेकपाना टेकपाना

जेठ २९, २०७८ १४:४९

बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसान, अन्तरिक्षबाट समेत देखिन्छ उनको खेत

काठमाडौं । तपाईंले बिल गेट्सलाई माइक्रोसफ्टका संस्थापक र एक विश्व धनाढ्यको रुपमा त चिन्नुभएकै होला । सँगसँगै उनी अमेरिकाका सबैभन्दा ठूला किसान समेत हुन्भ न्दा चाहिँ तपाईंलाई अनौठो लाग्न सक्छ ।

म्याकडोनाल्डको फ्रेन्च फ्राइजका लागि प्रयोग हुने आलु बिल गेट्सकै खेतबाट आउने गर्दछ । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा गेट्सको साथमा २६९,००० एकड जमिन छ । बिलगेट्सको खेतमा आलुबाहेक गाँजर र ग्रोसरी स्टोरका लागि आवश्यक प्याजसमेत धेरै मात्रामा उत्पादन हुने गर्दछ । त्यसबाहेकका अन्य बालीनाली समेत उनले उब्जाउने गर्दछन् ।

बिल गेट्सको कृर्षि फर्म यति ठूलो छ कि, त्यसलाई अन्तरिक्षबाट समेत देख्न सकिन्छ । बिल गेट्स दम्पत्ती अहिले सम्बन्ध विच्छेदको प्रक्रियामा छन् । त्यसमा उनको सम्पत्तिसमेत बाँडफाँड हुनेछ । एक रिपोर्टअनुसार अमेरिकाका कम्तिमा १८ वटा राज्यमा उनको आफ्नै जमिन छ ।

लुसियानामा रहेको ७०,०० एकड जमिनमा सोयाबिन, मकै, कपास, धानलगायत उब्जनी हुन्छ । नेब्रास्कामा रहेको २०,००० एकड र वासिङ्गटनमा रहेको १४,००० एकड जमिनमा सोयाबिनसँगै आलू उब्जाइन्छ । जुन म्याकडोनल्ड्सका लागि हुने गर्दछ । बिल गेट्सँग यति धेरै जमिन रहेको सुन्दा पक्कै पनि तपाईं आश्चर्यमा पर्नुभयो होला ।

उनी यसलाई लगानीको वस्तुको रुपमा लिन्छन् । अमेरिकामा ५० प्रतिशतभन्दा बढी किसानहरुसँग अहिले पनि आफ्नो जमिन छैन । १९९० देखि यताको अवधिमा अन्न बालीको मूल्य करिब दोब्बरले बढेको छ । सीएनबीसीसँगको कुराकानीमा ग्रामीण मामिला केन्द्रका नीति निर्देशक जोनाथन हल्दिकले किसानसँग आफ्नो जमिन नरहेको बताए ।

किसानको ठाउँमा अन्य व्यक्तिहरुमा जमिनको स्वामित्व रहेको छ । अनुसन्धानका क्रममा माइक्रोसफ्टका संस्थापक र अन्य व्यक्तिहरुले खेती बाली हुने जमिन ओगटेका छन् । जसको रेखदेखसमेत किसानले गरिरहेका छन् । किसानहरुले जमिन मालिकसँगै लिज तथा भाडामा लिएर खेतीबाली लगाउने गर्दछन् । बिल गेट्स खेती बालीलाई समेत व्यवसायको रुपमा हर्ने गर्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१