close

विश्व वरियतामा नेपाली पब्जी मोबाइल टिम ‘डीआरएस’ १३औं स्थानमा

टेकपाना टेकपाना

असार ८, २०७८ ११:५४

विश्व वरियतामा नेपाली पब्जी मोबाइल टिम ‘डीआरएस’ १३औं स्थानमा

काठमाडौं । पब्जी मोबाइल टिमको विश्व वरियतामा नेपाली टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) १३औं स्थानमा पर्न सफल भएको छ

हालै ईस्पोर्टस् जेनले सार्वजनिक गरेको नयाँ सूचीमा डीआरएस अघिल्लाे महिनाभन्दा ४ स्थान तल परेकाे छ । गत मे महिनामा सार्वजनिक सूचीमा याे टिम ९औं स्थानमा थियाे ।

शीर्ष ८० टिमको यो सूचीअनुसार डीआरएस गेमिङ दक्षिण एसियाली क्षेत्रकै दोस्रो उत्कृष्ट पब्जी मोबाइल टिम बनेको छ । दक्षिण एसियाली क्षेत्रमा डीआरएसभन्दा अघि मंगोलियाको ज्युस इस्पोर्ट्स छ ।

डीआरएसले यो महिना कूल ५४० अंक पाएको छ । त्यसैगरी नेपाली पब्जी टिम सीएनई र डेडआई गाइ यो वरियताको सूचीमा क्रमश: ७१औं र ७४औं स्थानमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६