close

सञ्चारमन्त्री नैनकला थापा १३ दिनमै पदमुक्त

टेकपाना टेकपाना

असार ८, २०७८ १६:३५

सञ्चारमन्त्री नैनकला थापा १३ दिनमै पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे हो ।

यो आदेशसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासहित २० मन्त्री पदमुक्त भएका छन् । मन्त्री थापा जेठ २७ गते सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६