close

‘एआई डे’ मार्फत टेस्लामा काम गर्ने अवसर दिँदै एलन मस्क

टेकपाना टेकपाना

असार १०, २०७८ १०:५

‘एआई डे’ मार्फत टेस्लामा काम गर्ने अवसर दिँदै एलन मस्क

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले आगामी दिनमा ‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) डे’ आयोजना गर्ने जनाएका छन् । जसमा हालसम्म एआईमा आधारित भएर निर्माण भएका सफ्टेवयर लगायतका उपलब्धिको प्रर्दशनी गरिने जनाइएको छ । विशेषगरी प्रर्दशनीमार्फत टेस्लाका अटोमेटेड भेइकलमा भएका विकास निर्माण गरिने छ ।

यो विषयमा मस्कले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले कार्यक्रम कहिले हुनेछ भन्ने विषयमा भने जानकारी नदिए पनि केही समयमै सुरू हुने संकेत गरेका छन् ।

‘हामी टेस्लाका एआई सफ्टवेयर तथा हार्डवेयरको प्रर्दशनी, ट्रेनी र प्रोफेसनल नियुक्ति लगायतको काम गर्दै छौं,’ उनले लेखेका छन् । यसको अर्थ टेस्लामा काम गर्न चाहने प्रोफेसनल तथा ट्रेनीले याे कार्यक्रममार्फत अवसर प्राप्त गर्नेछन् ।

त्यतिमात्रै नभएर उनले सोही ट्वीटको कमेन्टमा टेस्ला नयाँ आईडी प्रस्तुत गर्न र त्यसलाई कार्यान्व्यनमा ल्याउनका लागि उत्कृष्ट स्थान भएको समेत उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६