close

नेम्वाङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी

टेकपाना टेकपाना

असार १०, २०७८ १७:३०

नेम्वाङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकाे जिम्मेवारी वसन्तकुमार नेम्वाङले पाएका छन् । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका नेम्वाङलाई सञ्चारसहित कृषि तथा पशुपंक्षी विकास, खानेपानी र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्री लीलानाथ श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६