close

तपाईंको इन्टरनेटमा कति रेजाेलुसनको भिडिओ चल्छ ? अब स्पिडटेस्टले दिनेछ जानकारी

टेकपाना टेकपाना

असार ३१, २०७८ १४:५०

तपाईंको इन्टरनेटमा कति रेजाेलुसनको भिडिओ चल्छ ? अब स्पिडटेस्टले दिनेछ जानकारी

काठमाडौं । इन्टरनेटको गति कति छ भनेर जाँच्नका लागि ओक्लाको स्पिडटेस्ट सबैभन्दा बढी प्रयोग हुने टुलमध्ये एक हो । जसले तपाईंको इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिड, पिङ, जिटर, नेटवर्क क्यारियर, आईपी एड्रेस लगायतका जानकारी दिन्छ  ।

अब उक्त एपले भिडिओ स्ट्रिमिङका लागि तपाईंको इन्टरनेटको क्षमता कति छ भन्ने कुराको पनि जानकारी दिने भएको छ । ओक्लाले हालै सार्वजनिक गरेको नयाँ भर्सनमा अब प्रयोगकर्ताले आफूसँग भएको इन्टरनेटमार्फत कुन रेजाेलुसनमा भिडिओ स्ट्रिम गर्न सकिने फिचर उपलब्ध गराएको छ ।

त्यसका लागि त्यसमा ‘भिडिओ’ ट्याव उपलब्ध गराइएको छ । जसमा क्लिक गर्दा तपाईंले आफूसँग भएको इन्टरनेटबाट कति रेजाेलुसनको भिडिओ बिना कुनै रोकावट चल्ने छ भनी जानकारी दिनेछ ।

यो फिचर विशेषगरी तपाईं कतै यात्रामा जाँदा कति रेजाेलुसनको भिडिओ हेर्दा मोबाइलमा चलिरहेको इन्टरनेटले सहजै काम गर्छ भनेर प्रयोग गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१