close

होन्डाको नाममा ‘स्पाम’ आतंक भएको भन्दै नझुक्किन कम्पनीको आग्रह

टेकपाना टेकपाना

साउन ७, २०७८ ११:१८

होन्डाको नाममा ‘स्पाम’ आतंक भएको भन्दै नझुक्किन कम्पनीको आग्रह

काठमाडौं । जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७०औं वार्षिकाेत्सवकाे शुभकामनासहितको म्यासेज लिंक यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ । होन्डाको बाइक जित्न सकिने भन्दै आएको उक्त म्यासेजमा कुनै सत्यता नभएको कम्पनीले जनाएको छ ।

होन्डा नेपालले बिहीवार एक सूचना जारी गर्दै प्रयोगकर्तालाई उक्त स्पामबाट सुरक्षित रहन आग्रह गरेको हो । ‘होन्डा नेपालले त्यस्तो खालको कुनै अभियान सञ्चालनमा ल्याएको छैन,’ कम्पनीले जारी गरिएको सूचनामा भनिएको छ, ‘त्यसैले त्यस्ता म्यासेजबाट टाढै रहेर सुरक्षित रहनुहोस् ।’

त्यसरी स्पामको रुपमा फैलिएको म्यासेजको लिंकमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिंकसहितको म्यासेज पाँच वटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त पनि राखिएको छ ।

त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।

यी सबै कुरा स्पाममात्रै भएकाले आफ्नो गोपनीयताका लागि भएता पनि त्यस्ता म्यासेज लिंक नखोल्न कम्पनीले आग्रह गरेको हो । यदि तपाईंले त्यस्ता लिंकमा क्लिक गरेको खण्डमा सम्बन्धित सूचना संकलन गर्ने लगायतको काम हुने भएकाले पनि सुरक्षित हुन आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५