close

पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता, विश्वस्तरीय प्रतियोगिताबाट जित्यो ६५ लाख नगद

टेकपाना टेकपाना

साउन ११, २०७८ ९:३२

पब्जीमा नेपाली टिमलाई ऐतिहासिक सफलता, विश्वस्तरीय प्रतियोगिताबाट जित्यो ६५ लाख नगद

काठमाडौं । नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङले ऐतिहासिक सफलता पाएको छ । हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा डीआरएसले ६५ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो ।

सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट’ गरी विश्वका ३२ पब्जी माेबाइल टिमले प्रतिस्पर्धा गरेका थिए । पीएमडब्लुआई इस्ट अन्तर्गत डीआरएस १४४ प्वाइन्टसहित ८औं स्थानमा रहन सफल भयो ।

डीआरएसले यो प्रतियोगिताबाट पाएकाे रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ ।

पीएमडब्लुआई इस्टमा पहिलो स्थान थाइल्याण्डको भाल्डस ईस्पोर्टस र पीएमडब्लुआई वेस्टमा पहिलाे स्थान ब्राजिलकाे अल्फा सेभेन ईस्पोर्टसले जितेकाे छ ।

च्यारिटी इभेन्टकाे रूपमा आयोजना भएको पीएमडब्लुआईमा कुल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ कराेड ७३ लाख रूपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१