close

तीन महिनामै टेस्लाले कमायो एक खर्ब ३० अर्ब नाफा

टेकपाना टेकपाना

साउन १२, २०७८ १०:४०

तीन महिनामै टेस्लाले कमायो एक खर्ब ३० अर्ब नाफा

काठमाडौं । इलेक्ट्रिक गाडी निर्माता टेस्लाको त्रैमासिक नाफा पहिलोपटक एक अर्ब डलर नाघेकाे छ । इलेक्ट्रिक गाडीको पायोनियर कम्पनीको रुपमा रहेको टेस्लाले कोभिडको समयमा सिर्जित चिपको अभावलाई समेत टार्दै यो सफलता हात पारेको हो ।

कम्पनीको कुनैपनि त्रैमासिकमा एक अर्ब डलर नाफा भएको यो नै पहिलो पटक हो । योसँगै कम्पनीको लामो यात्रालाई पनि तय गरेको छ । कम्पनी सञ्चालनमा आएको पहिलो दुई वर्षसम्म पनि घाटामा रहेको कम्पनीको भविष्य कस्तो रहने छ भन्ने विषय सबैको लागि चासो थियो ।

तर, कम्पनीले एउटै त्रैमासिकमा एक अर्बभन्दा बढी नाफा गरेसँगै अब भने सहज हुने अनुमान गरिएको छ ।

कम्पनीले सन् २०२१ काे दाेस्राे त्रैमासिकमा कूल एक अर्ब १० कराेड डलर डलर (एक खर्ब ३० अर्ब रूपैयाँकाे हारहारीमा) नाफा गरेको हाे । जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा झण्डै १० गुणा बढी भएको उल्लेख गरिएको छ ।

आम्दानीको हिसाबले पनि कम्पनीले गत वर्षको तुलनामा दोब्बर आम्दानी गरेको छ । कम्पनीले एकै त्रैमासिकमा १२ अर्ब डलर आम्दानी गरेको जनाएको छ ।

योसँगै कम्पनीको भ्यालु ६३० बिलियन डलर पुगेको छ, जुन आजभन्दा दुई वर्षअघिको तुलनामा १४ प्रतिशतले बढी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१