close

ह्वाट्सएपको नयाँ अपडेटमा देखियो कमजोरी, अकाउन्ट नै ह्याक हुनसक्ने

टेकपाना टेकपाना

साउन २३, २०७८ ११:५३

ह्वाट्सएपको नयाँ अपडेटमा देखियो कमजोरी, अकाउन्ट नै ह्याक हुनसक्ने

काठमाडौं । ह्वाट्सएप मार्क जुकरबर्गको सामाजिक सञ्जाल साम्राज्यको एउटा महत्वपू्र्ण भाग हो । यसका प्रयोगकर्ता अर्बाैं छन् । अर्बाैंको सङ्ख्यामा प्रयोगकर्ता रहेको ह्वाटसएपले केही दिनअघि मात्रै नयाँ अपडेट उपलब्ध गराएको थियो ।

जसमा ‘भ्यु वान्स’ अर्थात एकपटक हेरेसँगै फोटो आफैं हराउने लगायतका केही फिचर थपिएका छन् । तर, उक्त नयाँ अपडेटसँगै ह्वाट्सएपमा कमजोरी फेला परेको छ ।

जसले गर्दा प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्टसमेत ह्याक हुनसक्ने जोखिम सुरक्षा विज्ञले देखाएका छन् ।

फ्रडलेन्ड स्क्यामरले उक्त कमजोरीको फाइदा उठाउँदै सहजै प्रयोगकर्ताको म्यासेजमा पहुँच बनाउन सक्ने जनाइएको छ । फ्रडलेन्ड स्क्यामरले विशेष गरि क्लाउडमार्फत यसमा पहुँच बनाउने छन् ।

यो विषयमा ह्वाट्सएप आफैं पनि जानकार छ । कम्पनीले क्लाउड सर्भिसमा समेत इन्ड–टु–इन्ड इन्क्रिप्सन लागू गर्ने तयारी गरेकाे छ ।

याे पनि पढ्नुहाेस् : ह्वाट्सएपमा नयाँ फिचर, अब एकपटक हेरेपछि फोटो आफैं हराउने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३