close

चीनले बनायो गुगलभन्दा १० लाख गुणा बढी शक्तिशाली क्वान्टम कम्प्युटर

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ २०:३८

चीनले बनायो गुगलभन्दा १० लाख गुणा बढी शक्तिशाली क्वान्टम कम्प्युटर

काठमाडौं । चीनको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अन्वेषकहरूले क्वान्टम कम्प्युटर (डेटा भण्डारण गर्न र गणना गर्न क्वान्टम भौतिक गुणहरूको प्रयोग गर्ने कम्प्युटर) बनाएका छन् । 

उनीहरूले चिनियाँ कम्प्युटर अहिलेको सुपर कम्प्युटर भन्दा कयौँ गुणा छिटो भएको दाबी समेत गरेका छन् । उक्त कम्प्युटरको गणना गर्ने क्षमता गुगलले बनाएको साइकमोर प्रोसेसरको भन्दा दशौँ लाखौँ गुणा छिटो भएको रिसर्च पेपरमा उल्लेख छ । 

ग्लोबल टाइम्समा प्रकाशित रिपोर्ट अनुसार यो चिनियाँ सिस्टम हालको सबैभन्दा फास्ट सुपर कम्प्युटरको तुलनामा सय लाख गुणा फास्ट र यसको गणना क्षमता गुगलको साइकामोर प्रोसेसर भन्दा १० लाख गुणा बढी रहेको छ । 

चिनियाँ अनुसन्धानकर्ताहरूले ६६-क्युबिटको क्वान्टम कम्प्युटर बनाएका छन् । जसमा दुई ओटा भिन्न प्राविधिक प्याराडाइम, फोटोनिक र सुपरकन्डक्टिङ प्रयोग गरिएको छ । जसमा परम्परागत कम्प्युटरका लागि एकदमै जटिल मानिने विशेष किसिमको एल्गोरिदम रन गर्न उनीहरू सफल भएका हुन् । 

तुलनात्मक रुपमा भन्नुपर्दा गुगलको साइकामोर सिस्टम ५३ क्युबिटको हो । चिनियाँ अनुसन्धानकर्ता टिमका अनुसार त्यसले केबल सुपर कन्डक्टिङ प्याराडाइम मात्र प्रयोग गर्ने सामर्थ्य राख्न सक्छ । 

चिनियाँ अनुसन्धान टोलीका अनुसार उनीहरूको सिस्टमले यतिसम्म उत्कृष्टता हासिल गरेको छ कि यसले त्यस्तो एल्गोरिदम केवल एक मिनेटमा रन गर्न सक्छ, जसका लागि विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरले १० हजार वर्षको समय लगाउन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१