close

ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’ सुरु, नेपालबाट २० विद्यार्थी सहभागी हुँदै

टेकपाना टेकपाना

मंसिर १४, २०७८ २१:३६

ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’ सुरु, नेपालबाट २० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । ह्वावेले विश्वव्यापी रुपमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिड्स फर फ्युचर प्रोग्राम सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विश्वका एक सय ३० देशमा सञ्चालित यस कार्यक्रममा नेपालबाट २० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

सन् २००८ सालमा थाइल्याण्डबाट सुरु भएको यो कार्यक्रममा नेपाली विद्यार्थी पहिलो पटक सहभागी हुने भएका हुन् । यसका लागि ह्वावेले गएको अक्टोबर ६७ देखि यही नोभेम्बर ७ तारिखसम्म नेपाली विद्यार्थीमाझ आवेदन माग गरेको थियो । जसमा कुल एक सय ३६ विद्यार्थीको आवेदन परेको थियो ।

त्यसमध्येबाट उत्कृष्ट २० छनोटमा परेका हुन् । जसमा काठमाडौं उपत्यका बाहिरका ४ जना विद्यार्थी छन् । छनोट भएका २० जनाले ८ दिन अनलाइन तालिममा सहभागी हुनेछन् ।

साथै उनीहरूलाई ह्वावेले निर्माण गरेको घान्द्रुकस्थित फोरजी बेस स्टेसनको अवलोकन र प्रविधि क्षेत्रका विज्ञद्वारा लिने कक्षामा समेत सहभागी गराइने जनाइएको छ ।

त्यस्तै उनीहरूले टेक फर गुड नामक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । जहाँ उनीहरूले आफूसँग भएको नयाँ योजना प्रस्तुत गर्न सक्नेछन् । उक्त प्रतियोगितामा विजेता हुनेले २० हजार अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्ने जनाइएको छ ।

सोमबार बागमती प्रदेशकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बोधमाया कुमारी यादवको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममार्फत ह्वावेले २० जनाको सूची सार्वजनिक गरेको हो ।

कार्यक्रममा मन्त्री यादवले डिजिटल कनेक्टिभिटी शिक्षाका लागि सबैभन्दा महत्वपूर्ण आधार बन्दै गएको धारणा राखिन् ।

‘शिक्षा क्षेत्रमा डिजिटल साक्षरता र प्राविधिक क्षमताको विकास आवश्यक छु,’ उनले भनिन्, त्यसका लागि ह्वावेले अघि बढाएको यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२