close

देशभरबाट पुस्तक किनबेच गर्न मिल्ने अनलाइन सेवा, बार्गेनिङ गर्न पनि मिल्ने

टेकपाना टेकपाना

चैत ८, २०८० १३:४६

देशभरबाट पुस्तक किनबेच गर्न मिल्ने अनलाइन सेवा, बार्गेनिङ गर्न पनि मिल्ने

काठमाडौं । पुस्तक किनबेच गर्ने अनलाइन प्लेटफर्मको रूपमा पुस्तक सेवा सुरु हुने भएको छ । ई-ट्युटर क्लास नामक कम्पनीले पुस्तक खरिद तथा बिक्री गर्ने कार्यलाई स्मार्ट बनाउने उद्देश्यका साथ शुक्रबारदेखि व्यावसायिक सेवा सुरु गर्न लागेको हो ।

उक्त प्लेटफर्ममार्फत् विद्यार्थीले खोजे जस्तो पुस्तक राजेकै समयमा उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ । पुस्तक सेवा वेब, गुगल प्ले स्टोर र एप्पल आईओएस एप स्टोरमा उपलब्ध गराइएको छ ।

विगत पाँच वर्षदेखि शैक्षिक क्षेत्रमा अग्रसर ई-ट्युटर क्लासले विद्यार्थीले रोजेको किताब नपाउने , ढिलो डेलिभरी हुने जस्ता समस्या र बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई ध्यानमा राख्दै पुस्तक सेवाको व्यावसायिक सेवा सञ्चालन गर्न लागेको हो ।

नेपालको जुनसुकै ठाउँबाट पाठकले अर्डर गर्ने, पाठक र बिक्रेता बीचमा कुराकानीसँगै बार्गेनिङ गर्ने जस्ता विविध फिचर भएको प्लेटफर्ममा किताब सेवा नेपालकै पहिलो प्रविधियुक्त माध्यम भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत​ (सीईओ) एमटी हुसेनकाे दाबी छ ।

यसरी पुस्तक सेवाबाट आएको अर्डरलाई नजिकैको स्टेसनरीबाटै डेलिभरी गरिने भएकाले देशभरका पुस्तक बिक्रेतालार्ई आबद्धताका लागि कम्पनीले मर्चेन्ट कल समेत गरेको छ । 

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १३:४६