close

विश्वभर २४ करोड रेड्मी नोट फोन बिक्री

टेकपाना टेकपाना

माघ ४, २०७८ ९:२१

विश्वभर २४ करोड रेड्मी नोट फोन बिक्री

काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २४ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । ८ वर्षअघि पहिलो पटक बजारमा आएको नोट फोन सन् २०२१ को अन्त्यसम्ममा विश्वव्यापी रुपमा लोकप्रिय बनेको हो ।

यसअघि गत अक्टोबरमै रेड्मी ब्राण्डका जनरल म्यानेजर फु वेइबिङले नोट सिरिजका २४ करोड फोन बिक्री भएको जानकारी दिएका थिए । हालै साओमी डेटा सेन्टरले यो तथ्याकंलाई औपचारिकता दिँदै विश्वबजारमा भएको बिक्री आँकडा प्रस्तुत गरेको छ ।

जसअनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको देखिन्छ । सन् २०२० को नोभेम्बरसम्म १४ करोड रेड्मी नोट फोनहरु बिक्री भएका थिए ।

एक वर्ष नपुग्दै कम्पनीले थप १० करोड नोट सिरिज फोन बिक्री गर्न सफल भएको छ ।

कम्पनीले केही महिनाअघि तीन मोडलमा रेड्मी नोट ११ सिरिजसमेत सार्वजनिक गरेको छ । जसले अझ फोन बिक्री संख्या बढाउने कम्पनीको विश्वास छ ।

विशेषगरी कम्पनीले मिडरेन्ज सेगमेन्टमा रेड्मी नोट फोन उपलब्ध गराउने गर्छ । साओमीले नेपाली बजारमा पनि आफ्ना रेड्मी फोन विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२