close

स्मार्टफोनभन्दा शक्तिशाली ट्याब्लेट ल्याउँदै ओप्पो

टेकपाना टेकपाना

माघ ४, २०७८ १२:११

स्मार्टफोनभन्दा शक्तिशाली ट्याब्लेट ल्याउँदै ओप्पो

काठमाडौं । सन् २०२० मा सुरु भएको कोरोना भइरससँगै ठूलो स्क्रिनयुक्त डिभाइसको माग अत्याधिक रुपमा बढेको छ । यस्तोमा धेरै कम्पनीले ट्याब्लेटलाई आफ्ना प्रमुख उत्पादनको रुपमा राख्दै आएका छन् ।

सोही अनुरुप चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले बजारमा नयाँ ट्याब्लेट भित्र्याउने तयारी गरेको छ । जुन धेरै स्मार्टफोनभन्दा पावरफुल रहने दावी गरिएको छ ।

स्न्यापड्रागन ८७० प्रोसेसरयुक्त उक्त यो ट्याब्लेट कम्पनीकै स्मार्टफोन एक्स३ को तुलनामा १० प्रतिशत बढी पावरफुल रहेको जनाइएको छ ।हुन त यो स्मार्टफोनमा पनि स्न्यापड्रागन ८७० चिपसेट नै प्रयोग गरिएको छ ।

यो ट्याब्लेटमा ८०८० एमएएच क्षमताको ब्याट्री रहने छ । ३३ वाटको फास्ट चार्जिङ सिस्टम रहेको ट्याब्लेट एन्ड्रोइड ११ मा आधारित हुनेछ ।

हाल विभिन्न चरणको परीक्षणमा रहेको यो ट्याब्लेट चाँडै बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । ट्याब्लेटमा ६ जीबी र्‍याम र २५६ जीबी रोम उपलब्ध हुनेछ ।

१२० हर्जको रिफ्रेस रेट रहेको ट्याब्लेटमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२