close

मोबाइल सेक्युरिटी कम्पनीलाई जासुसी सफ्टवेयर पेगाससले ठूलो रकम अफर गरेको खुलासा

टेकपाना टेकपाना

माघ २०, २०७८ ११:३८

मोबाइल सेक्युरिटी कम्पनीलाई जासुसी सफ्टवेयर पेगाससले ठूलो रकम अफर गरेको खुलासा

काठमाडौं । जासुसी सफ्टवेयर निर्माता इजरायली कम्पनी एनएसओ ग्रुपले अमेरिकी मोबाइल सेक्युरिटी कम्पनीलाई नेटवर्कमा पहुँच उपलब्ध गराउँन ठुलो रकमको अफर गरेको पाइएको छ ।

विश्व मोबाइल नेटवर्कमा पहुँच बनाउने वातावरण बनाइदिए बापत ‘ब्याग अफ क्याश’ अर्थात पैसाले भरिएको ब्याग उपलब्ध गराउन एनएसओ ग्रुपका कार्यकारी तयार रहेका बताइएको छ ।

अमेरिकाको यूएस डिपार्टमेन्ट अफ जस्टिसमा दर्ता भएको उजुरी अनुसार एनएसओ ग्रुपका कार्यकारीबाट यस्तो प्रस्ताव गएको थियो ।

उनीहरूले ‘दी एलिगेसन’ नामक मोबाइल सेक्युरिटी फर्मका कार्यकारी ग्यारी मिलरलाई यो प्रस्ताव गरेको बताइएको छ । मिलरले यो विषयको जानकारी अमेरिकाको संघीय निकायका अधिकारी तथा यूएस कंग्रेसका प्रतिनिधि टेड लिउलाई गराएका थिए ।

टेड लिउले आफ्नो तर्फबाटै यो विषयमा अध्ययन गरेको र अध्ययनको क्रममा यो निकै नै ठूलो विषय भएको भन्दै डिपार्टमेन्ट अफ जस्टिसलाई पत्र लेख्दै जानकारी गराएका हुन् ।

उनले एनएसओ ग्रुपले मोबाइल अप्रेटिङ सिस्टममा बनाएको पहुँचले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि निकै चुनौती पूर्ण रहेको जानकारी पत्रमार्फत गराएका छन् ।

तर, यो विषयमा एनएसओ ग्रुपले भने आफ्नो मोबाइल सेक्युरिटी कम्पनीसँगै कुनै व्यवसाय नै नभएको दावी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५