close

क्रोम, मोजिल्ला र एजमा नयाँ अपडेट आउँदै, नचल्न सक्छन् केही वेबसाइट

टेकपाना टेकपाना

फागुन ६, २०७८ १३:८

क्रोम, मोजिल्ला र एजमा नयाँ अपडेट आउँदै, नचल्न सक्छन् केही वेबसाइट

काठमाडौं । गुगलको मोजिल्ला, फायरफक्स र माइक्रोसफ्टको एज ब्राउजरमा नयाँ अपडेट आउने भएको छ । यी ब्राउजरले आगामी महिना आफ्नो १०० औं भर्सन सार्वजनिक गर्न लागेका हुन् । यी ब्राउजरले आफ्नो १०० औं भर्सन सार्वजनिक गरेसँगै केही वेबसाइट सपोर्ट नगर्न सक्ने चेतावनी दिइएको छ । यी ब्राउजरको नयाँ अपडेटमा ट्रिपल डिजिट युजर एजेन्ट स्ट्रिङ रिड गर्न नसक्ने वेबसाइटहरु चल्ने छैनन् ।

ब्राउजरको युजर–एजेन्ट स्ट्रिङले कुनै डिभाइसमा कुन ब्राउजर प्रयोग भइरहेको छ, त्यो ब्राउजरको भर्सन के हो र उक्त डिभाइसमा कुन अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ भनेर जानकारी दिन्छ ।

मोजिल्ला, गुगल र माइक्रोसफ्टले आफ्नो ब्राउजरको नयाँ अपडेटको यो बिषयमा प्रयोगकर्तालाई एक महिना अघिदेखि नै चेतावनी दिंदै आएका छन् । आगामी मार्च महिनामा क्रोम र एजको १०० औं भर्सन सार्वजनिक हुँदै छ भने फायरफक्सले आगामी मे महिनामा नयाँ अपडेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ अपडेट सार्वजनिक भएपछि वेबसाइटमा कस्ता कस्ता समस्या देखा पर्छन् भनेर मोजिल्ला र गुगलले परीक्षण गरिरहेको छन् । यो परीक्षणको क्रममा एचबीओ गो र याहुजस्ता वेबसाइटमा समेत समस्या देखिएको जनाइएको छ ।

१०० औं भर्सन सार्वजनिक भएपछि वेबसाइट नखुल्ने समस्या नदेखियोस् र प्रयोगकर्तालाई समस्या नपरोस् भन्नका लागि मोजिल्ला र क्रोमले ९९ औं भर्सनमै प्रयोगकर्तालाई केही समय राख्ने योजना पनि बनाइरहेका छन् । यो भर्सनमा प्रयोगकर्तालाई नयाँ अपडेटमा उनीहरुले प्रयोग गर्ने वेबसाइटमा देखिन सक्ने समस्याको बारेमा जानकारी गराइने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२