close

मोबाइल डेटाको मूल्य घटेपछि एन्ड्रोइडमा ‘लाइट मोड’ हटाउँदै गुगल

टेकपाना टेकपाना

फागुन १३, २०७८ १७:३२

मोबाइल डेटाको मूल्य घटेपछि एन्ड्रोइडमा ‘लाइट मोड’ हटाउँदै गुगल

काठमाडौं । गुगलले मोबाइलका लागि लाइट मोड हटाउने भएको छ । डेटाको मूल्य घटेपछि यो फिचर आवश्यक नरहेको भन्दै गुगलले एन्ड्रोइड फोनमा लाइट मोड हटाउने घोषणा गरेको हो ।

गुगल क्रोममा २०१४ भन्दा अघि डेटा सेभरका रूपमा रहेको यो फिचर २०१९ मा लाइट मोडमा रिब्राण्ड भएको थियो । जसले गर्दा स्लो इन्टरनेट वा लिमिटेड डेटा कनेक्सन हुनेहरूका लागि यो फिचर निकै उपयोगी थियो ।

एन्ड्रोइड स्मार्टफोनमा लाइट मोड इनेबल गरिसकेपछि यसले त्यहाँ आउने ट्राफिकलाई डिभाइसमा डाउनलोड हुनुपूर्व नै गुगलको आफ्नै सर्भरबाट पठाउने गर्थ्यो ।

जसले गर्दा स्लो लोड हुने पेजहरू सरल बनाएर कम डेटामै प्रयोगकर्ताको डिभाइसमा पुग्थ्यो । मोबाइल डेटाको पैसा कम भइसकेपछि, लाइट मोडको आवश्यक नरहेको भन्दै गुगलले क्रोमको लाइट मोड हटाउँने निर्णय गरेको हो ।

‘केही वर्षदेखि सेलुलर डेटा प्लानको मूल्य घटिरहेको भएकाले लाइट मोड हटाउने योजना बनाएका हौं,’ गुगलका प्रवक्ता भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३