close

विन्डोज ११ मा ट्याब्लेट-मैत्री टास्कबार ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

फागुन १४, २०७८ १९:४१

विन्डोज ११ मा ट्याब्लेट-मैत्री टास्कबार ल्याउँदै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को टास्कबारलाई छिट्टै नै ट्याब्लेट-मैत्री बनाउँदैछ ।

कम्पनीले हाल विशेष ट्याब्लेटको लागि भनेर विन्डोज ११ को नयाँ टास्कबारको परीक्षण गरिरहेको छ, जसमा मिति, समय, नेटवर्क, ब्याट्री स्टाटस लगयातका केही महत्त्वपूर्ण जानकारीहरू मात्र समावेश गरिनेछ ।

तपाईंले आफ्नो डिभाइस ट्याबलेट मोडमा प्रयोग गर्नुहुदा अथवा ट्याबलेट प्रयोग गरिरहनुहुदाँ विन्डोज ११ को नयाँ सेटिङले टास्कबार स्वत: हाइड गरिदिनेछ ।

फुल टास्कबारमा भने विड्गजेट, स्टार्ट बटन, सर्च बटन र एप आईकनहरू देखिनेछन् । यसले प्रयोगकर्ताको ट्याबलेटमा विन्डोज ११ को प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।

योसँगै माइक्रोसफ्टले ३७ वटा नयाँ इमोजीहरू पनि विन्डोज ११ मा थप गर्दैछ, जुन एन्ड्रोइड, आईओएस लगायत अन्य प्लेटफर्ममा पनि प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३