२०७९, १७ असार शुक्रबार   |  
Friday 1st July 2022

भिभोको सस्तो फाइभजी स्मार्टफोन वाई३३एस सार्वजनिक, यस्तो छ फिचर र मूल्य 

vivo y33 s 5g

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो स्मार्टफोन भिभो वाई३३एस फाइभजी सार्वजनिक गरेको छ । गत वर्ष भिभो वाई३३ एस फोरजी सार्वजनिक गरेको कम्पनीले त्यसमा केही अपडेट गर्दै फाइभजी सार्वजनिक गरेको हो ।

फोनमा ६० हर्ज रिफ्रेश रेट सहित वाटरड्रप नच भएको ६.५८ इन्च एलसीडी डिस्प्ले उपलब्ध छ । यस पटक फोनमा साइड फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर सहित फेस अनलक फिचर पनि दिइएको छ ।

डाइमेन्सिटी ७०० चिपसेट सहितको यो फोन ४ जीबी,६ जीबी र ८ जीबी र्‍यामको भेरियन्टमा आएको छ । जसमा स्टोरेज भने समान १२८ जीबी दिइएको छ । फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । यस्तै फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

हाल चिनियाँ बजारका लागि सार्वजनिक भएको यो फोनको चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक हजार २९९ चिनियाँ यन (करिब २५००० रुपैयाँ) र ६ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक हजार ३९९ यन (करिब २७००० रुपैयाँ) राखिएको छ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team