close

सबै मतदान केन्द्रमा निःशुल्क वाई-फाई व्यवस्था गर्न माग

टेकपाना टेकपाना

फागुन २८, २०७८ १५:२१

सबै मतदान केन्द्रमा निःशुल्क वाई-फाई व्यवस्था गर्न माग

रसुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य मोहन आर्चायले आसन्न स्थानीय निर्वाचनका लागि सबै मतदात स्थलमा निःशुल्क वाई-फाईको व्यवस्था गर्न माग गरेका छन् ।

रसुवाको उत्तरगया गाँउपालिकामा शुक्रवार आयोजित ‘दूरसञ्चार सेवाको विकास र विस्तार अवसर तथा चुनौती’ विषयक गोष्ठिमा बाेल्दै आचार्यले सबै मतदान केन्द्रमा सूचना प्रविधिको पहुँच स्थापना गर्न आवश्यक भएकाे भनाइ राखे ।

सूचना प्रविधिको प्रयोगसँगै जोखिम पनि बढ्दै गएकाले व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेत सजग भएर लाग्नुपर्नेमा उनले जाेड दिए ।

सूचना प्रविधिको प्रयोग गरी आमनागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न स्थानीय निकायले पनि आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको भन्दै उनले रसुवा जिल्लामा मोबाइल सेवाको गुणस्तर वृद्धिका लागि स्थानीयको आवश्यकता अनुसार टावरहरु स्थापन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच सर्वसाधारणसम्म पुर्‍याउन प्राधिकरण क्रियाशील रहेको बताए ।

सूचना प्रविधिको प्रयोगलाई व्यापक विस्तार गर्न प्राधिकरणले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा र आईटी ल्याब स्थापनामा सहयोग गरेको उनले जानकारी गराए ।

यस्तै सेवा प्रदायक छनोट गर्न पाउने अधिकार प्राधिकरणले स्थानीय निकायलाई उपलब्ध गराएको जानकारी दिँदै खनालले सार्वजनिक स्थान, मठ-मन्दिरहरुमा प्राधिकरणले निःशुल्क इन्टरनेटकाे व्यवस्था गरेकाे बताए ।

उनले सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तार हुँदा त्यसले जोखिमसमेत निम्त्याएकाले सम्बन्धित व्यक्तिको डेटा सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथामका लागि सबैकाे सहयोग आवश्यक रहेको धारणा राखे ।

यसैगरी प्रधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउँदै सबैको पहुँचमा विस्तार गर्न प्राधिकरण लागिपरेको जानकारी गराए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२