close

सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयको सेवा बन्द हुने

टेकपाना टेकपाना

चैत ९, २०७८ १४:२४

सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयको सेवा बन्द हुने

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा विद्युतीय समस्या आएपछि विभागबाट हुने सबै काम बुधबार साँझ ५ बजेदेखि बन्द हुने भएको छ ।

विभागले एक सूचना जारी गर्दै विभागका सर्भरहरूमा समस्या आएकाले विभागले दिने सबै सेवा साँझ ५ बजेदेखि बन्द हुने जानकारी दिएको हो ।

यो समस्या समाधान कहिलेसम्म हुनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

सर्भर समस्या सामाधान नभएसम्म विभाग अन्तर्गतका सम्पूर्ण यातायात कार्यालयबाट दिइने सबै सेवा अवरुद्ध हुने विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२