close

सोलिड स्टेट ब्याट्री सहित आफ्नो पहिलो विद्युतीय कार ल्याउँदै निसान

टेकपाना टेकपाना

चैत २६, २०७८ १६:४९

सोलिड स्टेट ब्याट्री सहित आफ्नो पहिलो विद्युतीय कार ल्याउँदै निसान

काठमाडौं । गाडी निर्माता कम्पनी निसानले शुक्रबार जापानको योकोहामामा आफ्नो विद्युतीय गाडीको प्रोटोटाइप सार्वजनिक गरेको छ ।

कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै २०२४ सम्ममा योकोहामाको प्लान्टमा पाइलट प्रोजेक्टको रुपमा उत्पादन गर्ने र सन् २०२८ सम्ममा बजारमा आफ्नो ‘सोलिड-स्टेट’ ब्याट्री सहितको विद्युतीय सवारी सार्वजनिक गर्ने योजना रहेको बताएको छ ।

सोलिड-स्टेट ब्याट्री चाँडो चार्ज हुन्छ भने यसमा धेरै पावर होल्ड गर्नसक्ने क्षमता हुन्छ । साथै लिथियम-आयन ब्याट्रीहरू भन्दा लामो समयसम्म टिक्नसक्छ, जुन धेरै विद्युतीय सवारीहरूमा हाल प्रयोग भइरहेको छ ।

निसानले यसका पिकअप ट्रकहरू सहित आफ्नो गाडीको लाइनअपमा यो ब्याट्री प्रयोग गर्ने बताएको छ।

यो सँगै ब्याट्रीको मूल्य पनि कम हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५