close

भीएलसी मिडिया प्लेयरमार्फत प्रयोगकर्ताको जानकारी संकलन गर्दै ह्याकर

टेकपाना टेकपाना

चैत २७, २०७८ १०:५९

भीएलसी मिडिया प्लेयरमार्फत प्रयोगकर्ताको जानकारी संकलन गर्दै ह्याकर

काठमाडौं । मिडिया प्लेयर भीएलसीमार्फत ह्याकरले प्रयोगकर्ताको महत्वपूर्ण जानकारी संकलन गरिरहेको पाइएको छ । चिनियाँ ह्याकरहरुले भीएलसीमा माल्वेयर पठाएर त्यसमार्फत प्रयोगकर्तालाई लक्षित गरिरहेको बताइएको छ ।

सिम्यान्टेक साइबर सुरक्षा विज्ञका अनुसार चिनियाँ ह्याकिङ समूह सिकाडा यसमा संलग्न रहेका छन् । उनीहरूले भीएलसी प्लेयर मार्फत विन्डोज सिस्टममा मालवेयर पठार प्रयोगकर्ताको कम्प्युटर ह्याक गरी जासुसी गरिरहेको छन् ।

त्यसका लागि ह्याकरले प्रयोगकर्तालाई नयाँ माल्वेयर युक्त अपडेट उपलब्ध गराउने र त्यसैमार्फत डिभाइसमा पहुँच बनाइरहेका छन् । साइबर सुरक्षा विज्ञका अनुसार यो क्रम सन् २०२१ देखि सुरु भएको हो । यसको पहिलो शिकार स्वास्थ्य सेवा उद्योगमा भएको समेत उल्लेख गरिएको छ । विस्तारै रक्षा, उड्डयन, बायोटेक्नोलोजी र ऊर्जा क्षेत्रमा पनि आक्रमण भइरहेको छ ।

पहिलो पटक अमेरिकाबाट सुरु भएको ह्याकिङ घटना विस्तारै क्यानडा, हङकङ, इजरायल, भारत, मोन्टेनेग्रो, टर्की र इटालीमा फैलिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४