close

एलन मस्कलाई कम्पनी बेच्न ट्वीटर तयार

टेकपाना टेकपाना

बैशाख १२, २०७९ २२:२५

एलन मस्कलाई कम्पनी बेच्न ट्वीटर तयार

काठमाडौं । ट्वीटरले आफ्नो कम्पनी संसारका धनाढ्य एवं टेस्लाका सीईओ एलन मस्कलाई बेच्नेबारे अन्तिम छलफल गरिरहेको छ । विभिन्न सञ्चारमाध्यमले ट्वीटर इंक आफ्नो सामाजिक सञ्जाल मस्कलाई बेच्ने सम्झौताको नजिक रहेको भन्दै समाचार लेखेका छन् ।

ट्वीटर बोर्डले मस्कसँग कुराकानी गरिरहेको र सम्भवतः केही घण्टामै निर्णय हुनसक्ने रोयटर्सले जनाएको छ । मस्कलाई ट्वीटर बेच्ने तयारीमा रहेको खबर बाहिरिएसँगै कम्पनीको शेयर पनि बढेको छ ।

यसअघि मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्वीटरको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव राखेका थिए । केही दिनअघि मात्रै मस्कले ट्वीटर खरिद गर्न आफूले ४६.५ अर्ब डलर तयार पारेर राखेको समेत बताएका थिए ।

ट्वीटरमा भएको स्वतन्त्र अभिव्यक्तिको कमीलाई मध्यनजर गर्दै ट्वीटरले कम्पनीको कन्टेन्ट मोडेरेसन विचारमा खुला रूपमा पारदर्शिता बढाउनुपर्ने धारणा व्यक्त गर्दै ट्वीटर खरिद गर्ने इच्छा व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२