close

फोनपेको सीईओमा दिवस सापकोटा, को हुन् उनी ?

टेकपाना टेकपाना

बैशाख १५, २०७९ ६:४

फोनपेको सीईओमा दिवस सापकोटा, को हुन् उनी ?

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सीइओको जिम्मेवारी दिएको हो ।

सापकोटा यस अघि फोनपेमै असिस्टेन्ट सीईओको रुपमा कार्यरत थिए । फोनपेमा प्रमुख प्राविधिक अधिकृतको रुपमा काम सुरु गरेका सापकोटा त्यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध रहेका थिए ।

एभरेस्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्ष भन्दा लामो समय काम गरेको अनुभव छ ।  आईटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

फोनपे नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक रकम स्थानान्तरण, हब पेमेन्ट लगायतका कारोबार पनि गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा हाल ६० ओटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक आवद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट जोडिएका छन् । एक करोड  ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत फोनपेले डिजिटल भुक्तानी सेवा दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२