close

चन्द्रमाको माटोमा वैज्ञानिकले उमारे बिरुवा 

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १९:९

चन्द्रमाको माटोमा वैज्ञानिकले उमारे बिरुवा 

काठमाडौं । फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले चन्द्रमाको माटोमा पहिलो पटक बिरुवा उमारेका छन् । यसअघि पनि अनुसन्धानकर्ताले एपोलो ११, १२ र १७ मिसनहरूबाट प्राप्त नमुनाहरू प्रयोग गरेका थिए । तर त्यसबाट कुनै परिणाम भने पाउन सकेका थिएनन् ।

चन्द्रमाबाट कूल ३८२ किलोग्राम माटो र चट्टान पृथ्वीमा फिर्ता ल्याइए पनि नासाले वैज्ञानिकहरूलाई मात्र १२ ग्राम लुनार रेगोलिथ’ (चन्द्रमाबाट ल्याएको माटो) दिएको थियो ।

वैज्ञानिकहरू रोब फेरल र अन्ना-लिसा पलले चन्द्रमाको माटो पाउन धेरै धैर्य गर्नुपर्‍यो । उनीहरूले माटोका लागि ११ वर्षमा तीन पटक आवेदन दिएका थिए ।

लुनार रेगोलिथसँगै वैज्ञानिकहरूले अन्य माटोमा पनि विभिन्न बिरुवा रोपेका थिए । लुनार रेगोलिथमा रोपिएका लगभग सबै बिउ पलाएका (अंकुरित) छन्, तर ती बिरुवाहरू अन्य समूहमा हुर्किएका बिउहरूबाट केही फरक देखिएको छ ।

यसको आकारमा पनि फरक भएको बताइएको छ । लुनार रेगोलिथमा पलाएको बिरुवा अन्यमा भन्दा सानो आकारको भएको, ‘कम्युनिकेशन बायोलोजी’ जर्नलमा सार्वजनिक भएको रिपोर्टमा उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२