close

असार पहिलो साता काठमाडौंमा ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

टेकपाना टेकपाना

जेठ २, २०७९ ९:१३

असार पहिलो साता काठमाडौंमा ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ ईन असोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ ।

असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० बढी वक्ता र ७ सय बढी विशिष्ट व्यत्ति तथा विज्ञको सहभागिता रहने जनाइएको छ ।

डिजिटल रुपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्त्वपूर्ण सेसन हुनेछन् ।

नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ ।

यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए ।

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपालसम्बन्धी क्रिएसनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ ।

विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।

सरकारी तथा निजी क्षेत्रका महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२