close

तपाईंकै कमजोरीले इन्टरनेट स्लो भइरहेको त छैन ?

टेकपाना टेकपाना

जेठ ४, २०७९ १५:४१

तपाईंकै कमजोरीले इन्टरनेट स्लो भइरहेको त छैन ?

काठमाडौं । इन्टरनेट स्पिड स्लो हुनुका पछाडि धेरै कारण हुन्छन् । तर भनेजति स्पिड नपाउने बित्तिकै हामी इन्टरनेट सेवा प्रदायकलाई दोष दिन्छाैं । कतिपय अवस्थामा हाम्रै कमजोरीले पनि इन्टरनेट सुस्त भइरहेको हुनसक्छ ।

आज हामी त्यस्तो विषयमा चर्चा गर्दै छौं, जसका माध्यमबाट इन्टरनेटको गति कम भएको पहिचान गरी त्यसलाई समाधान गर्न सकियोस् ।

इन्टरनेट कनेक्सन स्लो हुँदा समस्या निवारण गर्ने तरिका

यदि तपाईंको इन्टरनेट स्लो छ र त्यसका पछाडि इन्टरनेट सेवा प्रदायकको दोष हो भन्ने लागेको छ भने पहिले इन्टरनेटमा देखिएका समस्या पहिचान गरी निवारणका उपायतर्फ लाग्नुहोस् ।

सबैभन्दा पहिले वाई-फाईको राउटर घरको सबैभन्दा बीच भागमा सार्नुहोस्, वा आफूलाई नजिक पर्नेगरी राख्नुहोस् ।

त्यसपछि त्यसको एन्टेनालाई सही तरिकाले मिलाएर नेटवर्क परीक्षण गर्नुभयो भने वाई-फाईको स्पिडमा सुधार आउनसक्छ । यदि यस्तो गर्दा पनि भएन भने नआत्तिनुहोस् हामीसँग अर्को उपाय पनि छ ।

इन्टरनेट स्पिड परीक्षण गर्नुहोस्

यदि वाई-फाईमा माथि उल्लेख गरिएका सामान्य समस्या देखापरेका छैनन् भने तपाईंले अलिकति जटिल प्रक्रिया अपनाउनुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो इन्टरनेटको गुणस्तर परीक्षण गर्नुहोस् ।

इन्टरनेटको गुणस्तर परीक्षण गर्नका एम-ल्याब उपयुक्त हुनसक्छ । यसले कनेक्सनको स्पिड परीक्षण गरेर इन्टरनेटको स्पिड सेवा प्रदायकबाट कम आएको हो वा डिभाइसमा खराबी भएको हो भन्ने पहिचान गर्न सकिन्छ ।

यो शतप्रतिशत सही हुन्छ भन्ने हुँदैन । तर परीक्षण गर्दा केमा खराबी भएको हो भन्ने अनुमान भने गर्न सकिन्छ ।

उपयुक्त भीपीएन खोज्नुहोस्

यदि तपाईंले कुनै पनि माध्यमबाट इन्टरनेटको स्पिड परीक्षण गरेर समस्या पहिचान गरी समाधान गर्न नसकेको खण्डमा यो प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले आफूलाई उपयुक्त हुने भीपीएन खोज्नुहोस् । त्यसपछि भीपीएनका माध्यमबाट स्पिड पत्ता लगाउनुहोस् ।

भीपीएनको स्पिडसँग इन्टरनेटको स्पिड तुलना गर्नुहोस् 

यो प्रक्रियामा सबैभन्दा पहिले इन्टरनेटको स्पिड मापन गर्न फास्ट डटकम, स्पिडटेस्ट डटनेटजस्ता स्पिड टेस्ट प्लेटफर्म प्रयाेग गर्नुहाेस् ।

त्यसपछि त्यहाँ आएको परिणामलाई भीपीएनमा देखाइएको स्पिडसँग तुलना गर्नुहोस् । भीपीएनले विशेषगरी तपाईंको आईपी एन्ड्रेस लुकाउने गर्छ । जसले गर्दा सेवा प्रदायकले तपाईंले प्रयोग गरिरहनु भएको छ भन्ने कुरा पहिचान गर्न सक्दैनन् ।

यदि तपाईंको इन्टरनेटको स्पिड भीपीएन प्रयोग गर्दा बढेको छ र प्रयोग नगर्दा घटेको छ भने तपाईंको सेवा प्रदायकले तपाईंलाई केन्द्रित गरी कम इन्टरनेट उपलब्ध गराएको छ बन्ने बुझिन्छ ।

इन्टरनेटमा भएका समस्या समाधान गर्नुहोस्

यदि तपाईंको सेवा प्रदायकले तपाईंलाई कम इन्टरनेट उपलब्ध गराएको छ भने हामीले गुनासो गर्नुपर्ने हुन्छ । यदि त्यसो गर्दा पनि केही परिवर्तन भएन भने तपाईंले भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।

भीपीएनले तपाईंको राउटरमा भएका समस्या समाधान गर्न सक्दैन । तर, सेवा प्रदायकले तपाईंलाई कम गतिको इन्टरनेट उपलब्ध गराएको रहेछ भने त्यसलाई भीपीएन प्रयोग गरी समाधान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२