close

कीबोर्ड साइज घटाई यसरी चलाउनुहोस् मोबाइल

टेकपाना टेकपाना

जेठ ८, २०७९ १९:२१

कीबोर्ड साइज घटाई यसरी चलाउनुहोस् मोबाइल

काटमाडाैं । मानिसको ग्याजेट चलाउने तरिका पनि फरक फरक हुन्छ । कीप्याड मोबाइलबाट आज एड्भान्स्ड मोबाइलसम्म आइपुग्दा हाम्रो फोन चलाउने शैली पनि निकै सौखिन भएको छ ।

प्रत्यक  की (Key) खोजेर टाइप गर्नुपर्ने समयबाट आज भ्वाइस टाइपिङसम्म आइपुग्दा मोबाइलको बनोट, डिस्प्ले, कीबोर्ड लगायतमा निकै परिवर्तन आयो । अहिले कीबोर्ड सानो ठूलो बनाएर आफूलाई सहज भएअनुसार चलाउन पनि सक्नुहुन्छ । 

रातको समयमा एउटै हातले फोन चलाउँदा कीबोर्ड साइज ठूलो भयो भने टाइप गर्न दुवै हात प्रयोग गर्नुपर्ने हुन्छ।  कतिपय फोन वन ह्याण्डेड मोड (One handed mode) मा चलाउँदा स्क्रिन साइज सानो हुन्छ ।

त्यस्तो अवस्थामा आफू अनुकूल कीबोर्ड साइज सानो बनाएर चलाउन सकिन्छ । त्यसका लागि पहिले कुनै पनि टाइप गर्न मिल्ने एपमा जानुहोस् ।  

कीबोर्डको छेउ मा देखिएको थ्री डटमा थिच्नुहोस्।  

त्यसपछि मोड (Modes)मा जानुहोस् ।  

तल देखिएको कीबोर्ड साइजमा क्लिक गर्नुहोस्।  

यति गरिसकेपछि आफू अनुकूल कीबोर्ड साइज घटाउन सक्नुहुन्छ ।  

यसरी दायाँ, बायाँ आफ्नो सहजता अनुसार कीबोर्डको साइज घटाएर चलाउन सक्नुहुन्छ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२