close

अन्तरिक्षमा यात्रीहरू पठाउन नासालाई स्पेसएक्सको साथ 

टेकपाना टेकपाना

जेठ २१, २०७९ ११:५

अन्तरिक्षमा यात्रीहरू पठाउन नासालाई स्पेसएक्सको साथ 

काठमाडौं । अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुर्‍याउन नासाले रुसको सहयाता नलिनुपर्ने देखिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउनको लागि नासाले स्पेसएक्सबाट पाँच चालक दल सहितको उडान खरिद गरेको छ ।

सन् २०३० सम्म मात्र आयु रहेको स्टेसनमा बिना कुनै अवरोध अमेरिकी अन्तरिक्षयात्री पठाउनको लागि यो सहकार्य पर्याप्त हुने बताइएको छ । अर्को उडान अर्को हप्ता नै गर्ने नासाको योजना छ ।

स्पेसएक्स अन्तरिक्ष यात्रीहरू उडान गर्न प्रमाणित एक मात्र निजी कम्पनी हो । रुस र युक्रेनबीचको युद्ध चर्किएपछि पश्चिमा देशहरुले रुसलाई विभिन्न व्यावसायिक कुराहरूमा प्रतिबन्ध लगाउन सुरु गरेको थिए ।

फलस्वरुप रुसले आईएसएसबाट आफ्नो हात झिक्ने निर्णय गरेको छ । अर्कोतिर चीनको आफ्नै स्पेस स्टेसन तयार भइरहँदा रुसले चीनसँग सहकार्य गर्ने अनुमान पनि गरिएको छ ।

यसले गर्दा आईएसएसको उडानमा नासालाई समस्या हुने अनुमान गरिएको थियो । यद्यपि नासाले स्पेसएक्सको सहकार्यमा आईएसएसको उडानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३