close

सीजी मोटर्सको बहुप्रतिक्षित विद्युतीय कार ‘नेटा भी’ नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ २५, २०७९ १७:१३

सीजी मोटर्सको बहुप्रतिक्षित विद्युतीय कार ‘नेटा भी’ नेपाली बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेटा ब्रान्डको ‘नेटा भी’ विद्युतीय कार सार्वजनिक गरेको छ । सरकारको पेट्रोलियम पदार्थको खपत घटाएर आयात घटाउने योजनामा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सको ‘सीजी रिभोलुसन’ नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिअन्तर्गत हरेर कम्पनीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोको क्रसओभर कार नेपाली बजारमा ल्याएको हो ।

विश्व वातावरण दिवसको अवसर पारी यो कार औपचारिक रूपमा आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएकाे छ ।

कम्पनीका अनुसार नेटा भी एक पटकको फूल चार्जमा ३८० भन्दा बढी किलोमिटर सम्म गुड्नसक्छ ।

याे कारमा ३८.५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कारमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ । विभिन्न ५ रंगमा उपलब्ध कारको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६