close

एलन मस्कको आलोचना गर्दै खुला पत्र लेख्ने कर्मचारी निष्काशित 

टेकपाना टेकपाना

असार ३, २०७९ १६:५५

एलन मस्कको आलोचना गर्दै खुला पत्र लेख्ने कर्मचारी निष्काशित 

काठमाडौं । स्पेसएक्सले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको आलोचना गर्दै खुला पत्र लेख्ने र उक्त पत्र शेयर गर्ने कर्मचारीलाई निष्काशित गरेको छ । 

कर्मचारीले मस्कको विषयमा खुला पत्र लेखेसँगै कम्पनीका अध्यक्षले यो कदम अनावश्यक भएको भन्दै खण्डन गरेका थिए । कर्मचारीले मस्कको व्यवहार अस्वभाविक र असहज भएको भन्दै अघिल्लो सातामात्रै पत्र लेखेका थिए । उनीहरूले मस्कको ट्वीटरमा देखिने हानिकारक व्यवहारको कम्पनीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने समेत माग राखेका थिए । 

‘मस्क कम्पनीको फेस हुन,’ कर्मचारीले लेखेको पत्रमा भनिएको छ, ‘उनले गर्ने हरेक ट्वीटले कम्पनीलाई प्रतिनिधित्व गर्छ । साथै उक्त ट्वीट कम्पनीको धारणाको रुपमा रहन्छ । यस्तोमा कम्पनीले उनको ट्वीटले हाम्रो काम, हाम्रो मिसन र हाम्रो भ्यालु दर्साउँदैन भनेर यकिन गराउन पनि आवश्यक छ ।’ यसरी खुला रुपमा मस्कको व्यवहारलाई लिएर पत्र लेख्ने कर्मचारीहरूलाई शुक्रबार कम्पनीले निष्काशित गरेको जनाइएको छ । 

निष्काशित हुनेमा पत्र लेख्न संलग्न हुने कर्मचारीका साथै उक्त पत्रमा हस्ताक्षर गर्ने र त्यसलाई शेयर गर्ने कर्मचारी समेत रहेको जनाएको छ । तर, हालसम्म कम्पनीले कतिजनालाई निस्कासन गरेको छ भन्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३