close

‘स्टार्टअप अफ दी इयर’ बाट बगभी सम्मानित

टेकपाना टेकपाना

असार १२, २०७९ १३:५९

‘स्टार्टअप अफ दी इयर’ बाट बगभी सम्मानित

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील स्टार्टअप बगभी सफ्टवेयर टेक्नोलोजी प्रालि ‘स्टार्टअप अफ दि इयर’ घोषित भएको छ ।

उद्योग परिसंघ नेपाल (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा बगभीलाई यो विधाबाट सम्मान गरिएको हो ।

सीएनआईले विभिन्न क्षेत्रका स्टार्टअपलाई आवेदन आह्वान गरेकोमा निर्णायक मण्डलले बगभीलाई यो वर्षको उत्कृष्ट स्टार्टअप घोषणा गरेको हो ।

सम्मान पाएपछि टेकपानासँग कुरा गर्दै बगभीका संस्थापक नरेश लामगादेले भने, ‘यो अवार्डले अझ बढी ऊर्जा थपिदिएको छ । भोलिका दिनमा हाम्रा सेवा अझै परिस्कृत र गुणस्तरी बनाउने छौं ।’

बगभी प्लेटफर्ममा विश्वभरका इथिकल ह्याकर/साइबर सुरक्षा विज्ञ र बग हन्टर जोडिएका छन्, जसअन्तर्गत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको सुरक्षा परीक्षण गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३