close

डिजिटल नेपाल कन्क्लेभमा ह्वावेको ‘लाइटिङ अप दी फ्युचर’ प्रदर्शनी

टेकपाना टेकपाना

असार १४, २०७९ १८:१५

डिजिटल नेपाल कन्क्लेभमा ह्वावेको ‘लाइटिङ अप दी फ्युचर’ प्रदर्शनी

काठमाडाैं । जीवनलाई अझ राम्रो, व्यवसायलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन सहयोग गर्ने आईसीटी समाधानबारे जानकारी दिने उद्देश्यका साथ काठमाडाैंमा भएकाे ‘ह्वावे डिजिटल नेपाल कनक्लेभमा’ शीर्ष प्रायाेजक ह्वावेले ‘लाइटिङ अप दी फ्युचर’ प्रदर्शनी गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएकाे कार्यक्रममा ह्वावेले याे प्रदर्शनी गरेकाे थियाे । साे प्रदर्शनीलाई सरकार, दूरसञ्चार र समग्र आईसीटी क्षेत्रका ६०० बढी अतिथिले अवलोकन गरेकाे कम्पनीले जनाएकाे छ ।

उक्त प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रायलयका सचिव वैकुण्ठ अर्याल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायत सरकारी र गैरसरकारी क्षेत्रका विशिष्ट व्यक्तिको विशेष सहभागिता थियो ।

आईसीटी प्रविधिको विश्वव्यापी एडप्सन र ‘गिगाभर्स’ एमबीबी नेटवर्क, नेटवर्क फर क्लाउड, ग्रीन आईसीटी, फाइभजी तथा यसको प्रयोगका उदाहरण, ह्वावेको पब्लिक तथा हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतिकरणसहित ह्वावेले ‘इन्टेलिजेन्ट वर्ल्ड २०३०’ को भिजन प्रस्तुत गरेको थियो ।

कन्क्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्न डिजिटल रूपान्तरणबारे आफ्नो धारणा राखेका थिए ।

उनले ह्वावेको ‘इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर’ कसरी डिजिटल रूपान्तरणका लागि सक्षम छ भनेर प्रदर्शनी गरिएकाे थियाे । ह्वावेकाे ‘इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर’ क्लाउड प्लस आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन हो, जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेका सही पूर्वाधारमा जोड दिन्छ ।

ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा आयोजित विशेष मन्तव्य दिँदै ह्वावेका नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले आर्थिक विकासमा आईसीटीको भूमिकालाई उजागर गरेका थिए ।

उनले भने, ‘डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीका लागि इन्धन दिनेछ । २०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घटेको थियो । तर आईसीटी लगानी ५ प्रतिशतले बढ्यो । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशत डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ ।’

डेटा स्टोरेजको स्थानीयकरणको प्रवृत्तिबारे बोल्दै उनले भने, ‘नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवा उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशीलाको रूपमा काम गर्न आवश्यक छ ।’

उनले नेपालमा डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकता पनि औंल्याएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३