close

टेकमाइन्ड्सको सुपर सस्तो प्याकेज, ७७७ रुपैयाँमै ४० एमबीपीएस इन्टरनेट र टिभी सेवा

टेकपाना टेकपाना

असार १८, २०७९ ९:३६

टेकमाइन्ड्सको सुपर सस्तो प्याकेज, ७७७ रुपैयाँमै ४० एमबीपीएस इन्टरनेट र टिभी सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक टेकमाइन्ड्स प्रालिले सुपर सस्तो प्याकेज ल्याएको छ ।

यसअन्तर्गत प्रति महिना ७७७ रूपैयाँ (भ्याटबाहेक) मै टिभी र ४० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले राउटर र सेट-टप बक्सका लागि कुनै रकम तिर्नुनपर्ने र जडान पनि निःशुल्क हुनेछ ।

वार्षिक रुपमा यो प्याकेज भ्याटसहित कूल १० हजार पाँच सय रुपैयाँमा लिन सकिने छ ।

त्यस्तै १५ सय रुपैयाँ डिपोजिटका लागि बुझाउनुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३