close

इलेक्ट्रिक बाइक ल्याउँदै डुकाटी

टेकपाना टेकपाना

असार १८, २०७९ १४:३३

इलेक्ट्रिक बाइक ल्याउँदै डुकाटी

काठमाडौं । अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड डुकाटीले इलेक्ट्रिक बाइक ल्याउने घोषणा गरेको छ । यो बाइक सन् २०२३ को ‘मोटोई ई-मोटरसाइकल रेसिङ’ का लागि तयार पारिएको कम्पनीले जनाएको छ ।

भी२१एल (V21L) माेडलकाे यो बाइककाे प्राेटाेटाइप हेर्दा डुकाटीको अन्य मोटरसाइकल जस्तै देखिन्छ । यो मोटरसाइकलमा १८ केडब्लूएच ब्याट्री सहितको १५० एचपी इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

गत वर्षको घोषणा अनुसार डुकाटीले सन् २०२३ देखि २०२६ सम्म हुने मोटोई वर्ल्डकप रेसिङको लागि १८ वटा बाइकहरू तयार गर्दैछ ।

सामान्य रेसिङमा प्रयोग हुने बाइकको तुलनामा यो बाइक गह्रौं अर्थात् तौल २२५ किलोकाे हुनेछ ।

कम्पनीका अनुसार यो बाइक ४५ मिनेटमा नै ८० प्रतिशत चार्ज हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३