close

किन लाग्छ इन्डक्सन चुलोमा आगो ? यस्ता छन् बच्ने उपाय  

टेकपाना टेकपाना

असार २१, २०७९ १३:१८

किन लाग्छ इन्डक्सन चुलोमा आगो ? यस्ता छन् बच्ने उपाय  

काठमाडौं । गत बिहीबार पत्रकार शारदा शर्माको घरमा रहेको इन्डक्सन चुलोमा चिया पकाउने बेला आगलागी भयो । आगलागी हुँदा उनले बनाएको भिडिओ अहिले सामाजिक सञ्जालामा भाइरल छ । अहिले इन्धनको मूल्य बढ्दा मानिसहरू विद्युतीय उपकरणमा स्तानान्तरण हुन खोजिरहेका छन् । विशेषगरी धेरैले प्रयोग गर्न सक्ने उपकरण विद्युतीय चुलो भएकाले त्यसमा आगलागी हुनुले धेरै मानिसहरूलाई त्रसित बनाइरहेको छ । 

कुनै पनि विद्युतीय उपकरण प्रयोग गर्दा सुरक्षाका उपाय अपनाउन पर्ने हुन्छ । विद्युतीय चुलोमा किन आगलागी हुन्छ होला ? विहीबार बाल्ट्राको इन्डक्सन चुलोमा आगलागी भएपछि चुलोधनी शर्माले इन्डक्सन चुलो पाँच वर्षदेखि प्रयोग गरिरहेको भए पनि त्यसमा आगलागीको घटना भने पहिलो पटक भएको बताएकी छन् । चुलो किनेको एक महिनामा सो घटना भएको थियो । यो पहिलो घटना हो ? वा यस्तो घटना घटिरहन्छन् ?

नेपालमा बाहिर आएका घटनामध्ये इन्डक्सन चुलोमा आगलागी भएको यो पहिलो घटना हो । बाहिरी देशमा विद्युतीय चुलोमा आगलागीका घटना आइरहेका हुन्छन् । बाल्ट्राको हाल सो घटना कसरी भएको भन्ने केही खुलाइएको छैन ।

इन्डक्सन चुलोमा आगलागी हुने सम्भावना निकै न्यून हुन्छ । इन्डक्सन चुलोमा सुरक्षाका धेरै विशेषता समेटिएका हुन्छन् । जुन ग्याँस चुलोको तुलनामा सस्तो र सुरक्षित मानिन्छ । तर, यसमा आगलागी हुने सम्भावना चाहिँ हुन्छ । यसबाट बच्न तपाईंले सानासाना कुरामा ध्यान दिनुपर्ने हुन्छ । आज हामी के के गरेमा विद्युतीय चुलोमा आगो लाग्छ र त्यसबाट बच्न के के गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

कसरी इन्डक्सन चुलोमा आगो लाग्छ ?

इन्डक्सन चुलाको मुख्य भाग कुकटप (सबैभन्दा माथिको तह) मा कन्ट्रोल प्यानल, सिरामिक प्लेट र पावर कर्ड जडान गरिएको हुन्छ ।

त्यहाँ भएको सेरामिक प्लेट उच्च तापक्रम झेल्न सक्ने किसिमको हुन्छ । यसले ६ सय डिग्री सेन्टिग्रेड तापक्रम झेल्न सक्छ । पावर कर्ड भने आगो प्रतिरोधी केबल होइन । यसलाई आगोले सजिलै क्षति गर्न सक्छ ।

यदि भान्साकोठामा धुँवा भरिएको अवस्थामा इन्डक्सन चुलोमा तेल तताइयो भने त्यसले तेल र इन्डक्सन चुलोमा आगो लाग्ने सम्भावना धेरै हुन्छ । यदि त्यसरी आगो लागेको छ भने इन्डक्सन चुलो स्वतः बन्द नहुँदा घरमा आगो लागेका घटना पनि छन् । यसरी आगो लाग्नुका पछाडि खाना पकाउन प्रयोग गरिएको भाँडा निकै भूमिका हुने गर्छ । त्यसैले चुलो अनुसार उपयुक्त भाँडा खरिद गर्नुपर्ने हुन्छ ।

कतिपय अवस्थामा इन्डक्सन चुलो भित्रको क्वाइललाई आइसोलेट गरेको सामाग्री पग्लिँदा पनि क्वाइल जलेर त्यसले आगो लगाएका घटना छन् । यसका लागि भरपर्दो कम्पनीको इन्डक्सन चुलो खरिद गर्न सकिन्छ । वा कुनै इन्डक्सन चुलो खरिद गर्दा यसअघि प्रयोग गरेकाहरुको अनुभव बुझेर खरिद गर्दा यस्ता जोखिमबाट बच्न सकिन्छ ।

त्यस्तै केही घटनामा इन्डक्सन चुलोको फ्यान नचलेर पनि चुलोमा आगो लागेका घटना छन् । त्यसका लागि पनि तपाईंले कस्तो गुणस्तरको चुलो खरिद गर्नु भएको छ भन्ने कुरा आउँछ । त्यस्तैले इन्डक्सन चुलोबाट हुने यस्ता जोखिमबाट बच्नका लागि गुणस्तरीय र भरपर्दो चुलो खरिद गर्नुका साथसाथै चुलो प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ ।

सुरक्षित इन्डक्सन चुलोमा यस्ता विशेषता हुन्छन्, खरिद गर्दा ध्यान दिनुहोस् ।

  • चुलोमा कुनै भाँडा नहुँदा स्वतः बन्द हुन्छ ।
  • चुलोबाट भाँडो निकालिसकेपछि आउटपुट पावर हुँदैन । (भाँडो निकालिसकेपछि पावर खपत शून्य हुन्छ ।)
  • दुई घण्टासम्म सोही तापक्रम र पावरमा चलिरहेको छ भने स्वतः बन्द हुन्छ ।
  • ओभर हिटिङ भएको सन्दर्भमा सेफ्टी कटअफ हुन्छ ।
  • यसमा आगोको राप नआउने भएकाले कोठाको तापक्रममा त्यसले थोरै प्रभाव पार्छ ।
  • पकाउने भाँडो माथिको भाग चिसो हुने भएकाले हात वा अन्य नाङ्गो बाग जल्ने सम्भावना कम हुन्छ ।
  • हानिकारक ग्यासको उत्सर्जन हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३