close

कोरियन भाषा परीक्षाको अभ्यास गर्ने वेबसाइट तयार

टेकपाना टेकपाना

असार २४, २०७९ ८:२३

कोरियन भाषा परीक्षाको अभ्यास गर्ने वेबसाइट तयार

काठमाडौं । कोरियन भाषा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि जाँचको अभ्यास गर्ने वेबसाइट सार्वजनिक भएको छ । इन्जिनियर गजेन्द्र गजमेरले कोरियन भाषा पढेर जाँच दिनेहरूको अभ्यासका लागि यूबीटी भर्चुअल टेस्ट डटकम नामक वेबसाइट तयार पारेका हुन् ।

पाँच वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका इटहरीका गजमेरले बनाएको यो सफ्टवेयरबाट यूबीटी र सीबीटी गरी दुवै किसिमका जाँचहरूको विभिन्न लेभलको अभ्यास गर्न सकिने बताएका छन् । तर यसका लागि १२०० रुपैयाँदेखि २००० रुपैयाँसम्म शुल्क तोकिएको छ ।

यसका लागि मोबाइल एप समेत तयार भइसकेको गजमेयरले बताए । यहाँ क्लिक गरेर कोरिषन भाषा परीक्षाका लागि तयार पारिएको वेबसाइटमा गएर आफूलाई उपयुक्त लाग्ने प्याकेज खरिद गर्न सकिनेछ ।

जसमध्ये प्रतिव्यक्ति दुई सय रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने र प्रति व्यक्ति एक सय रुपैयाँ विदेशमा गएर विभिन्न कारणले दुःख पाएका नेपालीहरूलाई सहयोगार्थ एउटा भलाई कोष खडा गर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३