close

फुल चार्जमा २५० किमि गुड्ने चिनियाँ बिजुली माइक्रोबस नेपालमा, १ घण्टामै ८०% चार्ज हुने

टेकपाना टेकपाना

असार २४, २०७९ ११:२१

फुल चार्जमा २५० किमि गुड्ने चिनियाँ बिजुली माइक्रोबस नेपालमा, १ घण्टामै ८०% चार्ज हुने

काठमाडौं । चिनियाँ कम्पनी सामेन किङ लङ युनाइटेड अटोमोटिभ लिमिटेडले उत्पादन गर्दै आएका विद्युतीय सवारीसाधन नेपाली बजारमा भित्रिएका छन् । सन् २००३ मा स्थापना भएको एसईभी ग्रुप अन्तर्गतको ईको भिजनरी प्रालिले किङ लङ ब्रान्डलाई आधिकारिक रुपमा नेपाल ल्याएको हो ।

किङ लङ ब्रान्ड नेपाल भित्र्याएसँगै कम्पनीले पहिलो चरणमा विद्युतीय माइक्रो बस किङविन एक्सएमक्यू ६५२० ईभी सार्वजनिक गरेको छ । १४ सिट क्षमताको यो माइक्रोबस सहरी यातायातका लागि उपयुक्त हुने कम्पनीका अध्यक्ष उमेशराज श्रेष्ठले जानकारी दिए । 

आकर्षक डिजाइन, विभिन्न नवीनतम् फिचर, किफायती मूल्य, प्रदुषण नियन्त्रणमा सहयोगी आदि विशेषताका कारण यो माइक्रोबसले देशको आर्थिक विकास तथा पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले बताए । 

यो गाडी पर्यटक बस, स्कुल बस, कार्यालयका कर्मचारीहरूको सटल बससँगै यात्रु बाहक सवारीका रुपमा समेत प्रयोग गर्न सकिने उनको भनाई छ । यो माइक्रोबस एक सय किलोमिटर प्रति घण्टासम्मको उच्च गतिमा गुड्न सक्छ । 

५० किलोवाट आवरको ब्याट्री जडान गरिएको यो माइक्रोबसमा ८० किलोवाटको मोटर राखिएको छ । जसले न्यूनतम २८० एनएम टर्क उत्पादन गर्छ । 

किङ लङ ब्रान्डको यो माइक्रोबस फास्ट चार्जरबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने र एक पटकको फुल चार्जमा २५० किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३