close

फेसबुक पेजमा यसरी जेनेरेट गर्नुहोस् अटो मेसेज

टेकपाना टेकपाना

असार २६, २०७९ १७:५९

फेसबुक पेजमा यसरी जेनेरेट गर्नुहोस् अटो मेसेज

काठमाडाैं । फेसबुक अहिले सामाजिक सञ्जालमात्र नभई अनलाइन मार्केटप्लेस बनिसकेको छ । फेसबुकबाटै लाखौंको व्यापार व्यवसाय हुने गरेको छ । फेसबुकमा तपाईंले आफ्नो कम्पनी वा व्यवसायको पेज क्रियट गरेर व्यापार/व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायको पहुँच धेरैसमक्ष पुर्‍याउन सक्नुहुन्छ । यसरी क्रियट गरेको फेसबुक पेजलाई इन्टरयाक्टिभ अर्थात् अन्तर्क्रियात्मक बनाउन फेसबुक बिजनेसले विभिन्न टुल्स उपलब्ध गराउँछ ।

अटो जेनेरेटेड मेसेज, इन्स्टान्ट  रिप्लाई, अटो जेनेरेटेड कमेन्ट सबै सेट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको पेजमा बढी इंगेजमेन्ट बढ्छ । आज हामी तपाईंको फेसबुक पेजमा अटो जेनेरेटेड  मेसेज कसरी बनाउन सक्नुहुन्छ भन्नेबारे जानकारी दिन्छौँ ।

यसका लागि पहिले तपाईं आफ्नो फेसबुक पेजमा जानुहोस् । 

त्यसपछि पेजको बायाँपट्टि रहेको सेटिङ्गमा जानुहोस् ।  

सेटिङ्ग भित्रको मेसेजिङमा जानुहोस् ।  

‘स्टार्टिङ्ग अ मेसेन्जर कन्भर्सेसन’ (Setting a messenger conversation) मार्फत् तपाईंको पेजमा कसैले मेसेज गर्दा गरिने वेलकम मेसेज (स्वागत सन्देश) सेट गर्न सक्नुहुन्छ ।  

एड कस्टुमर्स नेम (Add customer ‘s name) अन्तर्गत मेसेज गर्दा गरिने नेम फर्म्याट मिलाउन सक्नुहुन्छ । 

त्यस्तै नियमित जस्तो सोधिने प्रश्नका पनि अटो जेनेरेटेड रेस्पोन्स सेट गर्न सक्नुहुन्छ । यसका लागि तपाईं ड्युरिङ्ग अ मेसेज कन्भर्सेसन  (During a conversation) को सेटअपमा (Set Up) जानुहोस् ।  

त्यसले तपाईंलाई अर्को पेजमा लैजान्छ । त्यहाँबाट बायाँपट्टि रहेको फ़्रिक्वेन्ट्ली आस्क्ड क्वेस्चन (Frequently asked question) मा जानुहोस् ।  

माथि रहेको टगललाई अन गरेर अब पेजमा आउने मेसेजको प्रकृति हेरेर question र सम्बन्धित question को रेस्पोन्स सेट गर्न सक्नुहुन्छ ।  

यति गरिसकेपछि अब भने तपाईंको पेजमा कसैले मेसेज गर्दा ग्रिटिङ्गदेखि फ़्रिक्वेण्ट्लि आस्क्ड क्वेस्चन (Frequently asked question) को पनि रेस्पोन्स दिन्छ।   

यसरी काम गर्नाले धेरै प्रभावकारी हुन्छ । नियमित रुपमा सोधिने प्रश्नहरुको एक एक गरेर रेस्पोन्स दिनुपर्दैन । यसले समयको बचतसँगै कामको प्रभावकारितामा पनि सुधार हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३