close

यी हुन् सर्वाधिक प्रयोग हुने पासवर्ड म्यानेजर

टेकपाना टेकपाना

असार २७, २०७९ १६:२३

यी हुन् सर्वाधिक प्रयोग हुने पासवर्ड म्यानेजर

काठमाडौं । पासवर्ड म्यानेजरको को सन्दर्भ आउनासाथै हाम्रो मानसपटलमा गुगल याद आइहाल्छ । गुगलको पासवर्ड म्यानेजर निःशुल्क उपलब्ध हुने भए पनि सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन । हामीलाई जानकारी भएका पासवर्ड म्यानेजर थोरै हुन सक्छन् । तर, कतिपय पासवर्ड म्यानेजर गुगलको पासवर्ड म्यानेजरभन्दा प्रभावकारी र सहज छन् ।

एन्ड्रोइल पोलिसले सबैभन्दा बढी कुन पासवर्ड मेनेजर प्रयोग गरिएको छ वा भनौँ उपयुक्त छ भनेर गरेको सर्वेक्षणमा सबैभन्दा बढी बिटवार्डेन (Bitwarden) का प्रयोगकर्ता रहेको पाइएको छ । करिब ५ हजार जनामा गरिएको सर्वेक्षणको क्रममा ३५ प्रतिशतले बिटवार्डेनको प्रयोग गर्ने गरेको पाइएको हो ।

त्यस्तै, दोस्रोमा १५ प्रतिशत प्रयोगकर्ताका साथ गुगल पासवर्ड म्यानेजर रहेको छ । १५ प्रतिशत प्रयोगकर्ताका साथ तेस्रोमा लास्टपास रहेको छ भने १० प्रतिशतका साथ चौथौमा वान पासवर्ड रहेको छ । त्यस्तै, पाँचौमा चार प्रतिशत प्रयोगकर्ताका साथ ड्याशलेन रहेको छ ।

रोचक कुरा त के छ भने अझैँ पनि तीन प्रतिशत प्रयोगकर्ता कपीमा लेखेर पासवर्ड सुरक्षित गर्ने गर्छन् । त्यस्तै, अन्य १६ प्रतिशत प्रयोगकर्ताले पासवर्ड व्यवस्थापन गर्नका लागि अन्य विभिन्न एप्लिकेसन वा टुल प्रयोग गर्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३