close

विद्युतीय सवारीको बिक्री ७९ प्रतिशतले वृद्धि, टेस्ला सबैभन्दा अगाडि 

टेकपाना टेकपाना

असार २८, २०७९ ११:५४

विद्युतीय सवारीको बिक्री ७९ प्रतिशतले वृद्धि, टेस्ला सबैभन्दा अगाडि 

काठमाडौं । टेस्लाको बिक्री बढ्दा सन् २०२२ को पहिलो त्रैमासिकमा विद्युतीय सवारीको ढुवानी ७९ प्रतिशतले बढेर १९ लाख ५० हजार पुगेको छ । बजारको अध्ययन गर्ने कम्पनी ‘काउन्टरपोइन्ट’ का अनुसार बिक्री भएका मध्ये ७३ प्रतिशत ब्याट्रीयुक्त विद्युतीय सवारी रहेका छन् भने बाँकी प्लग-इन हाइब्रिड विद्युतीय सवारी रहेका छन् ।

“२०२२ को पहिलो त्रैमासिकमा विद्युतीय यात्रु वाहक सवारी साधनको ढुवानी कुल ढुवानीको १२ प्रतिशतमात्रै रहेको छ,’ वरिष्ठ अनुसन्धान विश्लेषक सौमन मण्डलले भने, ‘यस्तोमा विद्युतीय सवारीमा प्रसस्त सम्भावना रहेको छ । त्यो हुँदा बजारमा नयाँ खेलाडीहरू पनि प्रवेश गरिरहेका छन् ।” 

अध्ययन प्रतिवदेन अनुसार बिक्रीका आधारमा टेस्ला सबैभन्दा अघि रहेको छ । अघिल्लो वर्षको तुलनमा कम्पनीले सन् २०२२ को पहिलो त्रैमासिकमा ६८ प्रतिशत बढी विद्युतीय सवारी बिक्री गर्न सफल भएको छ । भने यो वर्षको अन्त्यसम्म १३ लाख विद्युतीय सवारी बिक्री गर्ने अनुमान गरिएको छ । 

त्यसै दोस्रो नम्बरमा बीवाईडी रहेको छ । चिनियाँ कम्पनी बीवाईडीले पहिलो त्रैमासिकमा दुई लाख ८० हजारभन्दा बढी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनमा ४३३ प्रतिशत बढी हो । विद्युतीय सवारी बिक्रीको हिसाबले युरोप र अमेरिका भन्दा चीन निकै अघि रहेको छ । चीनबाट सन् २०२२ को पहिलो त्रैमासिकमा ११ लाख ४० हजार विद्युतीय सवारी ढुवानी भएको छ । जुन सन् २०२१ को पहिलो त्रैमासिकको तुलनमा १२६ प्रतिशत बढी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३